विराटनगर – प्रदेश नम्बर १ का वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ । थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । उहाँको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

थापा मोरङ क्षेत्र नं.३ बाट नेपाली काङ्ग्रेसका प्रदेशसभा उम्मेदवार समेत हुनुहुन्थ्यो । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालको अनुसार गम्भीर प्रकारको निमोनिया देखिएको थापालाई सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । पछि फेरि थापाको स्वास्थ्यमा थप जटिलता भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो ।

ह्याम्स अस्पतालमा तीन साताको उपचारपछि स्वास्थ्यमा केहि सुधार भएर उहाँलाई पुनः विराटनगर लगिएको थियो । कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।