काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज एकैदिन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर तोलामा ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी हिजो तोलामा १ हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।