कैलाली – डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर गएराति २ बजेर १३ मिनेटमा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ६ जनाको मृत्यृ भएको छ । राति २ बजेर १३ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किँदा ६ जनाको मृत्यु भएको हो ।


मृत्यु हुनेमा प्रेम बोहरा, सीता बोहरा, भगवती बोहरा, हर्क बोहरा, धनसरि बोहरा र तुल्छी बोहरा रहेका छन् भने गाउँ भरीको घरहरू चर्किएका छन् । ’गाउँका सबै खुल्ला ठाउँमा आगो बालेर बाहिरै बसिरहेका छन् । घर भत्किएको ठाउँमा उद्धार कार्य जारी रहेको छ । स्थानीयहरू मिलेर उद्धार गरिरहेको बताइएको छ ।


यसअघि मङ्गलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु बनाएर ४ दशमलव ८ म्याग्निच्युटको भूकम्प गएको थियो ।