काठमाडौं – नेपालमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ सय १९ नमुनाको पीसीआर परीक्षण गर्दा १० जनामा र ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई जनामा गरी १ हजार १ सय ५० वटा नमुनाको परीक्षण गर्दा १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा देशभर १५ जना निको भएर घर फर्किसकेका छन् । योसँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या नौ लाख ८८ हजार १ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।