काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । २ दशमलव ५७ अङ्कले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अङ्कमा आएर रोकिएको छ । सो क्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ ।

नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा समेत २ दशमलव ५७ अङ्कको गिरावट आएको छ । यसक्रममा आज ४ वटा समूहमा भने वृद्धि देखिएको छ । वित्त समूह ४ अङ्कले बढेको दिन निर्जीवन बीमा कम्पनी समूह २३ अङ्कले बढेको छ । यस्तै, अन्य समूहमा १४ र जीवन बीमा समूहमा ९३ अङ्कको वृद्धि आएको छ ।

यसबाहेक, लघुवित्त समूह २७ अंकले घटेको छ । उत्पादनमूलक समूह ३६ अङ्कले घट्दा व्यापार समूह २९ अङ्कले र जलविद्युत समूह १२ अङ्कले घटेको छ । यस्तै, बैंक र होटल समूहमा समान ३÷३ अङ्कको गिरावट आएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेको छ । यससँगै, यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ७९ रुपैयाँ पुगेको छ ।