फाइल तस्वीर
तनहुँ – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धन गरिएको बताउनुभएको छ । तनहुँको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएका वरिष्ठ नेता पौडेलले आज व्यास नगरपालिका–३ स्थित देउरालीनगरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

गठबन्धनका उम्मेदवार एवम् काङ्ग्रेस नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीदहरुको बलिदान, सपुतहरुको त्याग र तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको चर्चा गर्नुभयो । चुनावीसभालाई सम्बोधन गर्दै नेता पौडेलले ‘जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । त्यसैले संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य रहेको भन्दै’ उहाँले युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको जिकिरसमेत गर्नुभयो ।

व्यासको अग्लो मूर्ति निर्माण, व्यास पार्क निर्माण गरी व्यास जन्मभूमिलाई तनहुँ आउने र करोडौँ नेपालीको आस्थाको केन्द्र बनाई पर्यटनमा फड्को मार्ने कार्य पूरा गर्न पनि आफु उम्मेदवार बनेको नेता पौडेलको भनाइ थियो । व्यास नगरपालकालाई देशकै नमूना सहर बनाउने भन्दै वरिष्ठ नेता पौडेलले व्यास नगपालिकाका–३ को देउरालीनगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मोटरेबल पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गरी सहज यात्राको वातावरण बनाउन आफु लागिपरेको समेत बताउनुभयो ।