काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा १ हजार २ सय ६५ रूपैयाँ कायम गरेको छ ।