फाइल तस्वीर

सुर्खेत – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी अभियानका क्रममा कर्णाली प्रदेश पुग्नुभएको छ । उहाँले आज मङ्गलबार कर्णाली प्रदेशका तीन जिल्लाका पाँच वटा स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने भएको हो ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रचण्ड जुम्लाको शेरा खेत र सिंजा, हुम्लाको सर्केगाड तथा कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म र रास्कोट नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने हुनुभएको हो ।