काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ८ सय ७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


सोही अवधिमा १८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल नेपालमा कोरोनाका सक्रिय सङ्क्रमित ५ सय ७० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।