फाइल तस्वीर

गोरखा – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गर्दै रणनीतिक महत्वका योजना सार्वजनिक गर्नु भएको छ । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुई बाट गठबन्धन दलका साझा उम्मेदवार बन्नु भएका अध्यक्ष प्रचण्डले गोरखाली जनताका पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गर्नु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा निर्वाचन क्षेत्र दुईमा पर्ने सडकलाई पिच गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवर्द्धन, कृषि, जडिबुटी, व्यावसायिक पशुपालन, सीपमुलक तालिम, साहित्य कला संस्कृतिको संरक्षण गर्ने भन्दै महत्वकाङ्क्षी प्रतिवद्धता पत्र सार्वजनिक गर्र्नुभएको छ । गोरखा जिल्लाबाटै देशको आर्थिक विकास निर्माण र समृद्धिको सुरुवात हुने अध्यक्ष प्रचण्डले दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सार्वजनिक गर्नु भएको ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्रः