फाइल तस्वीर


काठमाडौं – साताको पहिलो दिने आज आइतबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य एकै दिन प्रतितोलामा एक हजार चार सय रुपैयाँले बृद्धि भएको छ । अघिल्लो साताको बिहीबार र शुुक्रबार निरन्तर घटेको सुनको मूल्य आज बजार खुल्ला उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।

सेतो धातु चाँदीको मूल्यमा बृद्धिभएको छ । चाँदीको मूल्यमा तोला ५० रुपैयाँले बढ्न गै तोलाको एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घको भनाइ छ ।