फाइल तस्वीर


इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तगर्त राती भएको खेलमा म्यानचेस्टर सिटीले जित निकालेको छ । नेपाली समयअनुसार शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई हराउँदै जित निकालेको हो ।

यो जितसँगै म्यानचेस्टर सिटी तालिकाको पुन शीर्षस्थानमा उक्लेको छ । शनिबार राति भएको खेलमा सिटीले फुलह्यामलाई २–१ ले पराजित गर्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदामा खेलेको खेलमा सिटी जुलियन अल्भारेजले सुरुवाती १७ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा सिटीका डिफेन्डर जोआ कान्सेलोले फुलह्यामका ह्यारी विल्सनलाई डी एरियामा लडाएपछि फुलह्यामले पेनाल्टीको अवसर पाएपछि आन्द्रेस पेरीराले पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई १–१ गोलको बराबरीमा ल्याउन सफल भए ।

फुलह्यामसँग बराबरीको सङ्घारमा पुगेको सिटीले इन्जुरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कठिनपूर्ण अवस्थामा जित निकाल्यो । फुलह्याम अन्तिम समय सम्हालिन नसक्दा पराजय भोग्न बाध्य भयो ।

फाउलको कारण सिटीका कान्सेलोले रातो कार्ड पाएर मैदानाबाट बाहिर निस्कँदा फुलह्यामले घरेलु टिममाथि जित निकाल्न सकेन । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको सिटीले इन्जुरी समयमा पेनाल्टीमार्फत् निर्णायक गोल गर्दै जित सुनिश्चित गरेको थियो । खेलको इन्जुरी समयमा सिटीका लागि हालाण्डले पेनाल्टीमार्फत् गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । सिटीले १३ खेलबाट ३२ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लँदा फुलह्याम १९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।