फाइल तस्वीर

काठमाडौं – साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ तोकिएको हो ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६ सय रूपैयाँ कायम गरिएको छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार २ सय र तेजाबी सुनको मूल्य ९२ हजार ७ सय रूपैयाँ थियो ।

सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने बढेको छ । हिजो तोलामा १० रूपैयाँ घटेको चाँदीको मूल्य आज १० रूपैयाँले नै बढेर तोलामा १ हजार २ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।