फाइल तस्वीर


जोमसोम – राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङस्थित मुक्तिनाथ मन्दिर पुग्नु भएको छ । राष्ट्रपति भण्डारी बारागुङ मुक्ति क्षेत्र गाउँपालिका वडा नं. १ रानीपौवामा गौतम बुद्धको मूर्ति अनावरण गर्न आउनु भएको हो ।

राष्ट्रपति भण्डारील मुक्तिनाथ मन्दिरको दर्शन र पुजाआजा सकेर गौतम बुद्धको ३५ फिट अग्लो बुद्धको प्रस्तर मूर्ति अनावरण गर्नुको साथै सोही क्षेत्रमा सोही आकारको विष्णुको मूर्ति शिलान्याससमेत गर्नु भएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट मुस्ताङमा ओर्लिएलगत्तै राष्ट्रपति भण्डारी मुक्तिनाथ मन्दिरको दर्शन गर्न जानु भएको थियो । मुक्तिनाथ दर्शन गरेपछि राष्ट्रपति भण्डारीले बुद्धको मूर्ति अनावरण तथा विष्णु मूर्ति शिलान्यास समारोहमा सहभागी हुनुभएको छ । मुस्ताङको मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीहरुको तीर्थस्थल हो ।