काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजार परिसूचक (नेप्से)दोहोरो अङ्कले घटेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

क वर्गको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । सेन्सेटिभ इन्डेक्सको ३ दशमलव ५० अङ्कले घटेर ३९७ दशमलव ४३ विन्दुमा पुगेको हो । साथै, बुद्धबार १८५ कम्पनीको कारोबार भएको छ, जसमा २७ कम्पनीको मूल्य बढ्दा जम्मा १५३ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनी स्थिर छ । कूल १८५ वटा कम्पनीमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८ सय ३० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार जम्मा २ वटा कम्पनीमा वृद्धि भएको छ भने अन्य कम्पनीहरूमा ओरालो लागेको छ । निर्जीवन बिमा ० दशमलव ६२ अङ्कले र जीवन बिमामा १ दशमलव ४ अङ्कले वृद्धि भएको छ । डेभलोप्मेट बैंकमा ४१ दशमलव ५९, होटल तथा पर्यटन २० दशमलव ९३, बैकिङ ११ दशमलव ३६, फाइनान्समा १९ दशमलव ४५, हाइड्रो पावरमा २७ दशमलव ६५, माइक्रो फाईनान्समा ४७ दशमलव २३ अन्य कम्पनीहरुमा ओरालो लागेको छ ।

त्यसैगरी, यूनिभर्सल नेपालको सेयर मूल्य ६ दशमलव ६५ र नबिल ब्यालेन्स फण्ड कम्पनी ५ दशमलव ९२ ले बढेको छ । एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजार बढिको कारोबार भएको छ भने गरीमा विकास बैंकको ३ करोड ६ लाख १८ हजारको कारोबार भएको छ ।