काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा स्वाब नमुनाको परीक्षण गर्दा ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा देशभर २३ जना कोरोना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ५ सय ७५ जना रहेको मन्त्रालयले जनाएको छ ।