फाइल तस्वीर


मनिला – फिलिपिन्समा एक सय ५० जना नागरिकको मृत्यु भएको छ । पाएङ नाम दिइएको शक्तिशाली आँधीका कारण १ सय ५० जनको मृत्यु भएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६ जना बेपत्ता भएका छन् । आँधीले ३९ लाख सर्वसाधारण नराम्ररी प्रभावित भएका छन् भने चार सय ९९ सडकमा क्षति भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेकाछन् ।

पाएङ नामक शक्तिशाली आँधीका कारण फिलिपिन्समा १ सय २० वटा पुल आंशिक वा पूर्ण रूपमा भत्केको समाचारमा जनाइएको छ । आँधीका कारण राजधानी मेट्रो मनिलासहित १७ क्षेत्रका ३१,९४२ गाउँका १८ लाख १२ हजार सात सय ४० जना प्रभावित भएका मनिला टाइम्सले जनाएको छ ।

आँधीसँगैको बाढीले कम्तिमा एक लाख १३ हजार चार सय आठ हेक्टर कृषि क्षेत्र प्रभावित भएको छ भने ११ हजार ७६१ मेट्रिक टन अन्नबालीमा ठूलो क्षति पुगेको छ । आँधीका कारण आएको बाढीले त्यहाँका ८ हजार ६ सय ८ किसान र माछुवारा समेत प्रभावित भएका छन् । मिमारोपा, विकोल क्षेत्र, पश्चिमी भिसायास, जाम्बोनागा प्रायद्वीप, दक्षिणी कोटाबाटो, सुल्तान कुदारत, साराङगानी र सान्तोस शहर अधिक प्रभावित भएका छन् । यी स्थानका धान, मकैका साथै अन्य बालीमा क्षति भएको समाचारमा जनाइएको छ ।