काठमाडौं– साताको पाचौँ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । केही दिनदेखि बढिरहेको सुनको मूल्य बिहीबार तोलामा चार सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रुपैयाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।

महासङ्घका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा किनबेच भएको थियो ।