फाइल तस्वीर

टोकियो – उत्तर कोरियाले ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । क्षेप्यास्त्रले प्रशान्त महासागरतर्फ जापानको क्षेत्र पार गरिसकेको जापान सरकारले जनाएको छ ।

बिहीबार जारी गरिएको जे–अलर्ट आपतकालीन प्रसारण प्रणालीअनुसार जापानको सरकारले उत्तर कोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि मियागी, यामागाटा र निगाटा प्रान्तका बासिन्दालाई घर भित्र शरण लिन चेतावनी दिएको हो ।

उत्तरले कोरियाले गरेको क्षेप्यास्त्र प्रहारबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ ।