फाइल तस्वीर


काठमाडौं – आसान्न आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि ललितपुर निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बन्नुभएकी उर्जा मन्त्री पम्फा भुसालले आज भिजन पत्र सार्वजनिक गर्दै हुनुहुन्छ । प्रतिनिधिसभा सदस्यको लागि निर्वाचनमा होमिनु भएकी मन्त्री भुसालले आफ्नो भिजनपत्र सार्वजनिक गर्न लाग्नु भएको हो ।

मन्त्री भुसालसहित सत्ता गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले संयुक्त रूपमा भिजनपत्र सार्वजनिक गर्नुहुने छ । आफ्ना निर्वाचन क्षेत्रका मतदाताहरुलाई लक्षित गरी मन्त्री भुसालले भिजनपत्र सार्वजनिक गर्न लाग्नु भएको हो । चुनावी कार्यक्रममा सहभागी हुँदै उर्जामन्त्री भुसालले आज बुधबार दिउँसो ललितपुरमा उक्त भिजनपत्र सार्वजनिक हुने बताइएको छ ।