काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने थप २३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल नेपालमा ५ सय २८ सक्रिय सङ्क्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।