काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ११ अङ्कले बढेको हो । ५६ अङ्क बढेर १९३० दशमलव ९९ अङ्क विन्दुमा आइपुगेको छ । बजार परिसूचक २ दशमलव ९९ प्रतिशतले बढ्दा ’क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०४ प्रतिशतले बढेर ३८२ दशमलव १४ मा उक्लिएको छ ।

आज ३९ लाख ७१ हजार ५ सय ९४ कित्ता सेयर १ अर्ब २९ करोड ६ लाख ६४ हजार ६ सय ४२ रुपैयाँमा खरिद बिक्री भएको छ । जसमा २७ हजार ९ सय ३२ पटकको कारोबारमा भएको थियो । त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा हरियाली देखिएको छ । आज १८१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, न्यादी हाइड्रोपावरमा १० प्रतिशत र युनिर्भसल पावर कम्पनीमा ९ प्रतिशतको सर्किट लागेको छ ।

आज एनआईसी एशिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ६५ लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यसैगरी, नबिल बैंकको ५ करोड ९२ लाख, शिवम् सिमेन्ट्सको ५ करोड १७ लाख, रिडी पावर कम्पनीको ५ करोड ३९ हजार र एभरेष्ट बैंकको ४ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।