फाइल तस्वीर

काठमाडौं – साताका तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार तोलाको ९३ हजार रुपैयाँमा करोबार भएको सुन आज ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

यसैगरी चाँदी तोलाको एक हजार २ सय १५ रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय रुपैयाँमा करोबार भएको थियो ।