काठमाडौं – साताको दोश्रोे दिन आज सोमबार सेयर बजार १६ दशमलव ३९ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अङ्कले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको छ । क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्स ४ दशमलव ९३ अङ्कले बढेर ३७० दशमलव ८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेको छ भने ६५ कम्पनीको मूल्य घटेको छ । साथै १० कम्पनी स्थीर रहेका छन् ।

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । डेभलपमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालो लागेको छ । जीवन बिमा २५ दशमलव ४१, होटल तथा पर्यटन ४२ दशमलव ४८, निर्जीवन बीमा २३ दशमलव ५५, बैकिङ २० दशमलव ०९, फाइनान्समा १२ दशमलव ६४, हाईड्रो पावरमा १ दशमलव ९७, ट्रेडिङ २० दशमलव १, माईक्रो फाइनान्समा १४ दशमलव ०८ र म्युचुअल फण्डमा ० दशमलव १, अन्य समूह २० दशमलव ७५ ले वृद्धि भएको छ ।

त्यसैगरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८ दशमलव ५० र नेपाल एसबीआई बैंकको २२ दशमलव ०० ले बढेको छ । एनआईसि एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढीको कारोबार भएको छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।