काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।