काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि कात्तिक १५ गते बिक्री गर्ने गरी १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो ।

बैंकले सार्वजनिक गरेको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।