नेपालगञ्ज – बाँकेमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आइतबार बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीमा परी बर्दिया मधुवन नगरपालिका–८ बस्ने २३ वर्षीय समिर वलीको मृत्यु भएको हो । आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि भेरी अस्पताल नेपालगन्ज लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ ।