काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८४ जनामा गरिएको नमुना परीक्षणमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ३४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा हाल ५ सय ५२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।