काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ । आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँले घटेको हो । अघिल्लो कारोबार दिन अर्थात् कात्तिक ७ गते सुनको मूल्य स्थिर रहेको थियो । तिहारको बिदापछि खुलेको बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो। उक्त दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।