बझाङ – बझाङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङ आसपासमा आज बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पको धक्का बझाङ र डोटीसहित आसपासका अन्य जिल्लामा समेत महसुस भएको थियो ।