फाइल तस्वीर

भद्रपुर – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याएर सरकार बनाउने बताउनु भएको छ । चुनावी अभियानका क्रममा एमाले झापा जिल्ला कमिटी र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले संयुक्त रुपमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

एमाले अध्यक्ष ओलीले आसन्न निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा स्थापित हुने दावी गर्दै एमालेको इज्जतका लागि पनि झापा–३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।

नेता ओलीले नेपाली काङ्ग्रेस र माओवादी केन्द्र राष्ट्रिय पार्टी बन्ने भएपनि माधव नेपाल नेतृत्वको पार्टीको कन्तविजोग हुने जिकिर एकीकृत समाजवादी पाटी राष्ट्रिय पार्टी बन्नै नसक्ने ठोकुवा गर्नुभयो । सोही क्रममा अध्यक्ष ओलीले एमालेको राष्ट्रियतालाई लोकतान्त्रिक समाजवादी पार्टीले बोक्न नसकेकाले राष्ट्रिय पार्टी बन्न नसक्ने बताए ।

पार्टीको भावी कार्यक्रम र चुनावी एजेण्डा भन्दापनि विपक्षी दलहरुप्रति आक्रोश व्यक्त गर्न अध्यक्ष ओलीका समय खर्चनु भएको थियो ।