साङ्केतिक तस्वीर


काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका वडा नं. ७ स्थित दहचोक स्विजरल्यान्डपार्कसँगै रहेको एक रिसोर्टबाट जुवा खेलेको आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जुवा र कौडा खेलिरहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

बिहीबार राति ८ बजे दहचोक सिटी भ्यू रिसोर्ट प्रा.लि.बाट ती जुवाडेहरु पक्राउ गरेका हुन् । उक्त जुवाको खालबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ समेत बरामद भएको प्रहरीले जनाएको छ । जुवा खेल्न प्रयोग भएको १५ बुक तास र १६ थान कौडा पनि बरामद भएको प्रहरीको भनाइ छ । गिरफ्तार गरिएका उनीहरूमाथि प्रहरी वृत्त स्वयम्भूले थप अनुसन्धान गरिरहेको बताइएको छ ।