तस्वीर : अलजजिरा

तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् ।

मारिनेमा एकजना महिला र अरु बालबालिका रहेका छन्। सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ । बुधबार भएको उक्त आक्रमणमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ ।
आक्रमणमा संलग्न तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ । आक्रमणको प्रहरीले अनुसन्धान गरेको छ ।