काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ४३५ पीसीआर तथा ३६३ एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । भने सोही अवधिमा ४८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका छन् ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १८ जना पुगेको छ । हाल देशभर ७ सय १६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।