काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अङ्कले घटेर नेप्से सूचक १८ सय ६० दशमलव ९४ अङ्कमा झरेको थियो । दोस्रो दिन २ दशमलव ६१ अङ्कले नेप्से घट्यो भने चौथो दिन १२ दशमलव ८२ अङ्कले र पाँचौ दिन अर्थात् अन्तिम कारोबार दिन (बिहीबार) थप १ दशमलव ३७ अङ्कले घट्दै नेप्से सूचक १८ सय ४४ दशमलव १४ अङ्कमा ओर्लियो ।

यस साताको तेस्रो दिन (मंगलबार) भने सार्वजनिक विदा परेकाले सेयर कारोबार हुन सकेन । २६ अङ्कमाथिले नेप्से घटेको यस साता मुस्किलले २ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस साता लाभांशको लोभले बैंक तथा वित्तीय क्षेत्रको सेयर मूल्यमा केहीँ उतारचढाप आएपनि अन्य क्षेत्रहरुको सेयर मूल्यमा भने खासै सुधार आउन सकेन ।