काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ६ सय रुपैयाँले घट्दै ९२ हजार ५ सय रुपैयाँमा झरेको हो ।

यस्तै यता तेजावी सुनको मूल्य पनि आज तोलामा ६ सय रुपैयाँले नै घट्दै ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै प्रतितोला एक हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।