प्रतिकात्मक तस्वीर
काठमाडौं – बाजुराको बूढीगङ्गा नगरपालिका–१ मा अटो रिक्साबाट खसेर एकजनाको मृत्यु भएको छ । बूढीगङ्गा–२ बस्ने ४५ वर्षीय मोति लुहारको मृत्यु भएको हो ।

हिजो साँझ करिब साढे ५ बजे सुदूरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जनाइएको छ ।