कास्की – प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा पुग्नुभएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुग्नुभएको हो ।

पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ ।

प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । उक्त खेलमा नेपाल आर्मीले सर्वाधिक स्वर्ण जितेर पहिलो स्थान हात पारेको छ ।