काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ९८ पिसिआर परीक्षणका क्रममा ५० जना र ७ सय ७३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा गरी ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप ५१ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल नेपालमा ७ सय २७ सक्रिय सङ्क्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।