कास्की – पोखरामा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज बिहीबार भएको एथ्लेटिक्सको अन्तिम दिनको खेलमा पनि नेपाल आर्मी क्लबले बाजी मारेको छ । एथ्लेटिक्सको अन्तिम दिनको खेलमा नेपाल आर्मी क्लबका खेलाडीहरुले राष्ट्रिय कीर्तिमान समेत बनाएका छन् ।
एथ्लेटिक्सको जारी संस्करणमा ९ राष्ट्रिय कीर्तिमान बनेका छन् । यसरी नयाँ राष्ट्रिय कीर्तिमान बनाउनेमा महिला इभेन्टको १०० मिटर दौडमा सरस्वती चौधरीले राष्ट्रिय रेकर्ड बनाउँदा पुरुषतर्फको इभेन्टमा दिपक अधिकारीले १० हजार मिटरमा कीर्तिमान बनाउन सफल भएका छन् ।

त्यस्तैगरी ४०० मिटर महिला हडल्समा जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाइन भने ४ सय मिटर महिलातर्फ रमिता कुमारी थारुले नयाँ रेकर्ड बनाइन भने पुरुषतर्फ सोमबहादुर कुमालले राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जिते ।

त्यस्तै, जयरानी थारुले १०० मिटर महिला हडल्समा राष्ट्रिय कीर्तिमान बनाइन भने ३०० मिटर स्ट्रिपल चेसमा दुर्गाबहादुर बुढाले राष्ट्रिय कीर्तिमान बनाउँदा लङ जम्पमा पुरुषतर्फ सलिम देवान र महिला तर्फ जयरानी थारुले राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन ।

एथ्लेटिक्सको खेल सकिएसँगै सबै ३७ स्वर्णको टुङ्गो लागेको छ । सर्वाधिक स्वर्ण भएको इभेन्टका रूपमा रहेको एथ्लेटिक्समा १९ स्वर्णसहित आर्मी शीर्ष स्थानमा रहँदा अर्को विभागीय टिम एपिएफ दोस्रो बनेको छ । एपिएफले १० स्वर्ण जित्दा, नेपाल पुलिस, लुम्बीन र बागमतीले समान २–२ स्वर्णमात्र जित्न सफल भए ।

कसले कति पदक जिते ,

पदक तालिकामा त्रिभुवन आर्मी १९ स्वर्ण १३ रजत र १३ काश्य सहित ४५ पदक जित्न सफल रह्यो। त्यस्तै। एपिएफ १० स्वर्ण १० रजत र १० कास्य सहित ३० पदकका साथ दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लबले २ स्वर्ण ८ रजत र ६ काश्य सहित १६ पदक हात पार्यो।

त्यस्तै, बागमतीले २ स्वर्ण १ रजत र ४ कास्य सहित ७ पदक जित्दा लुम्बिनीले पनि २ स्वर्ण ३ रजत र १ काश्य सहित ६ पदक जित्यो। गण्डीकीले १ स्वर्ण १ रजत र २ काश्य हात पा¥योर। त्यस्तै, कर्णालीले १ स्वर्ण १ रजत सहित २ पदक जित्न सफल भयो।

अन्तिम दिन एथ्लेटिक्सको महिला ४ गुणा ४०० रिलेमा एपिएफले जित निकाले पनि अयोग्य हुँदा रिजल्टबिहीन बन्यो । जुन इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक हात पारेको थियो । एपिएफका खेलाडीले ५०० मिटरभन्दा अगाडि नै लेन परिवर्तन गरेपछि एपिएफ अयोग्य भएको हो ।

सरस्वती भट्टराई, जयरानी थारु, निर्मला थापा र कसेली चौधरी सम्मलित आर्मीले ४ मिनेट ०२ दशमलव ७८ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे । यस स्पर्धामा निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारु सम्मलित लुम्बिनीले ४ मिनेट १४ दशमलब ८० सेकेन्डको समयमा जित निकाले ।

यसैरी उक्त प्रतिस्पर्धामा अन्जु खड्का, राजीना दुलाल, स्वगता खाइजु, सन्तोषी श्रेष्ठ सम्मलित बागमती प्रदेशले भने ४ मिनेट २२ दशमलब ७९ सेकेन्डको समय निकाल्दै काँस्य पदक हात पारे ।