फाइल तस्वीर

मस्को – रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ अर्थात् सैन्य शासन लागू गरेको घोषणा गरेको छ । मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।

रूसले कब्जा गरेको युक्रेनको ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने भएको छ ।

त्यसअघि पुटिनले सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै पुटिनले जनताको इच्छालाई मान्यता दिन युक्रेनले अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाएका थिए । युक्रेनले अतिवादी तरिका अपनाएको आरोप समेत पुटिनले लगाए ।