कैलाली – बझाङको मस्टा गाउँपालिका चिउरीमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा ४ घाइते छन् । सुदूरप्रदेश प्रदेश ०४– ००१ च ०११७ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज बुधबार दिउँसो करिब ४ः१५ बजेतिर मस्टा गाउँपालिका ४ स्थित चिउरीमा जीप दुर्घटना भएको हो । जीप बझाङ सदरमुकामबाट सुर्माको मेला भर्न जाँदै गरेको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार जीप सडकबाट करिब २०० मिटर तल खसेको छ । घटनास्थलमा अहिले उद्दारको काम भइरहेको प्रहरीले जनाएको छ ।