काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७ सय ८३ वटा नमुना परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज ५० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ७ सय २८ पुगेको र पाँचजना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।