साङ्केतिक तस्वीर

काठमाडौं – प्रहरीले ४१ लाख ४६ हजार हुण्डीको रुपैयाँसहित काठमाडौंमा दुई जना पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलबार साँझ भारतीय नागरिक नविम गोयल र उमेश महेश्वरीको साथबाट ४१ लाख ४६ हजार हुण्डीको रुपैयाँ बरामद गरेको हो ।

महाशाखा स्रोतका अनुसार उनीहरूलाई ढल्कुबाट पक्राउ गरिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान गरेर सार्वजनिक गर्ने तयारी कार्यालयको छ ।