काठमाडौं – नेपालीहरुको महान् चाड तिहार अघि धनतेरस आउनै लाग्दा नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो ।

आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साताको चौथो दिन आज बुधबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।