फाइल तस्वीर


कास्की – पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले पदक तालिकामा पहिलोस्थानमा राखेको छ । नेपाली खेलकुदको कुम्भमेलाको रुपमा लिइएको जारी प्रतियोगितामा नेपाल आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ काँस्य सहित १८५ पदक जित्न सफल भएको हो ।

प्रतियोगिता समापनको सङ्घारमा आइपुग्दा पदक तालिकामा नेपाल पुलिस क्लब ३७ स्वर्ण, ३१ रजत र ४० काँस्य कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा छ भने अर्को विभागीय टिम एपीएफले ३१ स्वर्ण, ३४ रजत र ५५ काँस्य सहित एक सय बीस जितेर तेस्रो स्थानमा रहेको छ ।
आयोजक गण्डकी प्रदेशले चौंथो स्थानमा रहेको छ । उसले बाग्मती प्रदेशलाई पछिपार्दै १६ स्वर्ण, १५ रजत र ३० काँस्यसहित ६१ पदक जितेको छ । गण्डकीलाई पछ्याउँर्द बाग्मती प्रदेशले १५ स्वर्ण, २८ रजत र ३१ काँस्यसहित ७४ पदक जितेको छ ।
गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुल प्रतियोगिताको अङ्क तालिका अनुसार सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० काँस्यसहित ३२ पदक जित्न सफल हुँदा एनआरएनले सात स्वर्ण, सात रजत र चार काँस्य गरी १८ पदक प्राप्त गरेको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ काँस्यसहित ३१ पदक जितेको छ भने १ नम्बर प्रदेशले तीन स्वर्ण १६ रजत र ३२ काँस्यसहित ५१ पदक जित्न सफल भएको छ ।

पदक तालिका अनुसार लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ काँस्यसहित ३७ पदक जितेको छ भने कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत र सात काँस्य गरी १० पदक ल्याएको छ । पदक तालिकामा विभागीय टिम नेपाल आर्मी पहिलो स्थानमा रहँदा कर्णाली प्रदेश अन्तिमस्थानमा रहेको छ । पदक तालिकाको पहिलो स्थानमा रहेको नेपाल आर्मी र दोस्रो स्थानमा रहेको अर्को विभागीय टिम नेपाल पुलिस क्लबबीच पदक तालिकाको दूरी आधाभन्दा धेरै छ ।

प्रतियोगिताको छैटौं दिन आज विभिन्न २६ खेलहरु हुने तालिका रहेको छ । भोलि कार्तिक ३ गते नवौं राष्ट्रिय खेलकुल प्रतियोगिता समापन हुने । गण्डकी प्रदेशले आयोजना गरेको नेपाली खेलकुदको नवौं संस्करणको महाकुम्भमेलाको समापन कार्यक्रमा प्रधानमन्त्री शेरबहादुर देउवा जानुहुने बताइएको छ ।