नयाँ दिल्ली – भारतको केदारनाथमा श्रद्धालु बोकेको हेलिकोप्टर दुर्घटना हुँदा दुई पाइलटसहित ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार खराब मौसमका कारण हेलिकोप्टर दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण हेलिकोप्टर जमिनमा ठोक्किएको थियो । लगत्तै आगलागी हुँदा सात जनाको मृत्यु भएको हो ।

हेलिकोप्टर स्थानीय समयअनुसार आज मङ्गलबार बिहान ११ बजेर २५ मेनेटमा केदारनाथ बेस क्याम्पबाट नारायण–गुप्तकाशीका लागि उडेको थियो । उडेको १५ मिनेटपछि गरुडचट्टीनजिकै दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरु तीन जना गुजरातका, तीन जना तमिलनाडुका र एक जना महाराष्ट्रका हुन् । भारतीय राष्ट्रपति दौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी