तस्वीर : बीबीसी

मस्को – एक रुसी लडाकु विमान सोमबार दक्षिणी रुसी शहर येस्कको एक आवासीय भवनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा कम्तीमा दुई जनाको मृत्यु भएको थियो । सैन्य समाचार च्यानल जेभेजडाले प्रकाशित गरेको एउटा भिडियोमा विमान अपार्टमेन्टमा खस्दै गर्दा विस्फोट भएको देखाइएको छ ।

क्षेत्रीय गभर्नर भेनियामिन कोन्ड्रात्येभले उक्त विमान सुखोई एसयू–३४ सुपरसोनिक मध्यम दूरीको लडाकु बमवर्षक भएको बताए।

समाचार एजेन्सीले आपत्कालीन अधिकारीलाई उद्धृत गर्दै उक्त दुर्घटनामा कम्तीमा १५ जना घाइते भएको बताएका छन् । उनीहरुले पाइलट बाहिर निस्किएको बताएका छन् । एजेन्सी