काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४६ जनामा कारोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार २ सय ८७ वटा नमुना परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधीमा १७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ७ सय ११ रहेको मन्त्रालयले जनाएको छ ।