काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला चाँदी १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।